काठमाडौँ । चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको भन्ने समाचारको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन जारी गरेको छ । चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेको छ ।
प्रेस नोटमा भनिएको छ, ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ । चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ ।’
केही दिनयता नेपाली संचारमाध्यमले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए । त्यस लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो । टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ ।


प्रतिक्रिया