काठमाडौं । केही समयअघि आफूलाई प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती बताउने गरेकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपाको कार्यालय पेरिसडाँडा कोटेश्वरबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
नेताहरूलाई भेट्ने भन्दै जबर्जस्ती प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेताहरूलाई किन भेट्न खोजेको भन्ने खुलाएकी छैनन् । खड्काले केही समय पहिले आफू प्रदेश १ का मुख्यमन्त्री राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन् । तर, उनले अहिले मुद्दा फिर्ता लिइसकेकी छन् ।

प्रतिक्रिया