मनमोहन र बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड-१९ युनिफाइड अस्पतालमा संसदीय समितिको टोली पुग्दा जे देखियो


काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिले कोराना संक्रमितको उपचार गरिरहेका दुई वटा अस्पतालको अनुगमन गरेको छ । उपसमितिले शुक्रबार बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड १९ युनिफाइड अस्पताल र मनमोहन अस्पतालको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उपसमितिले कोभिड १९ युनिफाइड अस्पतालको व्यवस्थापन चित्तबुझ्दो रहेको निष्कर्ष निकालेको छ । उक्त अस्पतालको आइसोलेशनमा हाल ५६, वार्डमा १३० जना पोजेटिभ, ३ जना शंकास्पद बिरामी छन् भने आइसियुमा ११ जना छन् ।

समितिले वातावरणीय अवस्थामाा पनि सन्तोषजनक रहेको उपसमिति संयोजक जिवनराम श्रेष्ठले जानकारी दिए । त्यस्तै मनमोहन अस्पतालको अनुगमनका क्रममा सवै बिषय चित्तबुझ्दो रहेपनि खानपीनका कुरामाा भने गुनासो आएको श्रेष्ठले बताए ।

मनमोहनमा लक्षण नदेखिएका कोरोना संक्रमितको उपचार भइरहेको छ । उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि भइरहेका कामका बारेमा उपसमितिले स्थलगत अनुगमन गरेको हो । यसअघि बिहीबार उपसमितिले टेकु ल्याव र खरिपार्टीस्थीत आइसोलेशन सेन्टरको अनुगमन गरेको थियो ।