काठमाडौं । चलचित्र निर्देशक छेतेन गुरुङको निधन भएको छ । मेट्रो अस्पताल, महाराजगंजमा उपचारत उनको मङ्गलवार राति निधन भएको हो । दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।
गुरुङको कलेजोमा समस्या थियो । छेतेन चलचित्र निर्देशक एवं लेखक समेत हुन् । उनी निर्देशित चलचित्र ’प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छ । ’डमरुको डन्डी बियो’मार्फत् निर्देशन सुरु गरेका छेतेनले ‘नोभेम्बर रेन’, ’क्लासिक’, ’डायरी’ ’ए मेरो हजुर ३’ जस्ता चलचित्र लेखेका छन्। उनको निर्देशन रहने गरी फिल्म ‘हुतुतु’को घोषणा भएको थियो।

प्रतिक्रिया