काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमा समेटियो । काठमाडौंका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाएका छन् ।
दुशन हेमन्थाले २१, सन्तोष यादवले १०, साम हेजलेटले ११ र करण केसीले ८ रन बनाएका छन् । सुदूरपश्चिमका लागि अनिल खरेलले दुई विकेट लिए । स्कट कुगेलेइन र फाबियन एलेनले समान १–१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

प्रतिक्रिया