काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर हुँदैछ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाका नाममा बिक्री गरिएको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले अख्तियारबाट मुद्दा आएको र रुजुको काम भइरहेको जानकारी दिइन् । यसअघि पनि नेपालविरूद्ध पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री वितरणका लागि अनुमति दिएको कसुरमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया