एनपीएलः लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले सुरुवाती ब्याटिङ गर्ने भएको छ ।

 सोमबार लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जित्दै  सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् । लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । गत सिजन टोलीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।