सर्लाहीबाट न्यायाधीश वम हत्याका फरार अभियुक्त बाबु थापा पेस्तोल र गोलीसहित पक्राउ


सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । उनलाई आफ्नै घरमा सुतिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापाको साथबाट दुईवटा पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ । पक्राउ परेका थापालाई बरामद हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थापा गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए ।