विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायू श्रेष्ठ नियुक्त


काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । यसअघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक तथा कामू कार्यकारी निर्देशक थिए ।

सरकारले सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ ल्याएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त भएका थिए भने उक्त पद खाली रहेकाे थियो ।