काठमाडौं । प्रधामन्त्री बालेन्द्र शाहले जेनजी सांसदहरूलाई आफैँ उदाहरण बनेर आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी सांसदसँग अन्तरक्रिया गर्दै शाहले जनजीविकाका आधारभूूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान गरेका हुन् । जेनजी सांसदसँग छलफल गर्न प्रधानमन्त्री आफैले उनीहरुलाई सिंहदरबार बोलाएका थिए ।
छलफलमा प्रधानमन्त्रीले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्ने सुझाव पनि दिए । उनले राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यवसायिक आधार खडा गर्दै दीर्घकालीन रुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न आग्रह गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
अन्तरक्रियामा सहभागी सांसदले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रुपमा लिएको जनाएका थिए । प्रधानमन्त्रीसँगको छलफलमा पुुरुषोत्तम यादव, केपी खनाल, स्मृति सेन्चुरी, सृष्टि भट्टराई, लगायतको सहभागिता थियो ।

प्रतिक्रिया