रसुवा । भोटेकोशी बाढीपछि थुनिएको माथिल्लो त्रिशूली-३ एको सुरुङबाट ६ वटा शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ सुरुङभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेका ६ शव फेला परेका हुन् । ती शवलाई ग्रीन्डर ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको छ ।
सुरुङभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी भइरहेको सेनाले जनाएको छ । यो सुरुङमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएका छन् ।

प्रतिक्रिया