भैरहवा । नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा रुपन्देहीमा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन्।
सिद्धार्थनगर नगरपालिका–८ मा मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको र डिजेल निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनास्थलबाट करिब ३० लिटर डिजेलसमेत बरामद भएको छ। दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए भने अर्को ट्याङ्कर प्रहरीलाई देखेपछि भागेको थियो।
भागेको ट्याङ्करलाई प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको जनाएको छ। प्रहरीले नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहे÷नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया