एनपिएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ । नेपाल क्रिकेट सङ्घले सोमबार तेस्रो संस्करणको एनपिएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो । 

क्यानद्वारा जारी  विज्ञप्तीमा मिडिया तथा टिकट बिक्री गर्ने अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया पूरा गरी सफल अधिकारधनी कम्पनीहरूलाई अधिकार प्रदान गरेको जनाएको हो । इसेवा लिमिटेडले टिकट बिक्री गर्ने अधिकार रु ८५ लाखमा प्राप्त गरेको छ । क्यानका अनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र पाँच प्रतिशत इसेवालाई प्राप्त हुनेछ ।

क्यानका अनुसार विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालीलाई रु १८ करोड ४ लाखा प्रदान गरेको छ । त्यसैगरी नेपालभित्र टेलिभिजन प्रशारण अधिकार भने हिमालयन टेलिभजनले प्राप्त गरेको छ । यसका लागि हिमालनय टेलिभिजनले रु १४ करोड ६४ लाखको बोलपत्र पेश गरेका थियो । एनपिएल आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म राजधानीमा आयोजना हुँदैछ ।