ग्रीन आर्मीबारे तत्काल छानबिन गर्न सरकारसँग रास्वपा सांसद भण्डारीको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले ग्रीन आर्मीका विषयमा प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद हरिमोहन भण्डारीले ग्रीन आर्मीका विषयमा तत्काल छानबिन गर्न माग गरेका हुन् ।

उनले भने ‘अहिले चर्चामा रहेको हरियो सेना भनेको के हो ? यसबारे अविलम्ब छानबिन गर्न म सरकारसँग माग गर्दछु।’

उनले मुलुकको सुरक्षा र व्यवस्थासँग जोडिन सक्ने यस्ता विषयमा अन्योल सिर्जना हुनु नहुने भन्दै सरकारले यसबारे स्पष्ट पारेर नागरिकलाई सुसूचित गराउनुपर्ने बताए । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै पोसाक लगाएर यो समूह पुगेपछि यसबारे बहस सुरु भएको छ ।