सरकारको नेतृत्वको दम्भका कारण भोटेकोसी बाढीमा ठूलो क्षति


रामकुमारी झाँक्री

बाँचेका उद्धार भएर होल्डिङ सेन्टरमा हुनुहुने दाजुभाइ दिदीबहीनीहरूको लागि अब हामी काम गर्छौँ । देश भित्र र देश बाहिर बस्ने रास्वपा र उनका समर्थकले गाली गर्लान्, हामी नै सक्षम छौं, कसैले सहयोग गर्न पर्दैन भनेकोले आजको यो दिनसम्म हाम्रा सबै प्रयासहरूलाई सुसुप्त गरेका थियौँ । हामीले सहयोगीको रूपमा मात्र काम गरेका थियौं यो बीचमा । यद्दपी अप्ठ्यारो अवस्थाको Rescue operation सुरक्षाकर्मी बाहेक अरूले गर्न सक्दैन थियो।

प्रदेश र स्थानीय तहसँग समन्वय भने गर्न सक्थ्यौँ । होल्डिङ सेन्टर व्यवस्थापन गर्न, समयमा नै राहत पुर्यउन, राहत वितरण गर्न सक्थ्यौँ, हामीले आफ्नै साधन श्रोत प्रयोग गरेर सहयोगीको रूपमा त्यो काम गर्यौँ । तर रास्वपाका नेता÷कार्यकर्ता÷सांसदलाई भने यो विपतलाई अवसरको छोपे जस्तो गरि उनीहरू हेलिकप्टर चढेर, राज्यको श्रोत दूरूपयोग गरेर, रमिता हेर्न पुगेको देखियो।

यो सरकार र रास्वपाका नेताहरूको पुराना पार्टीप्रतिको रिस, द्वेष, बदलाको भावना, पाखण्ड, दम्भ, घमण्ड र अपरिपक्कताको कारण हजारौ हाम्रा स्वदेशी तथा विदेशी दाजुभाइ दिदी बहिनीहरूले ज्यान गुमाउनुपर्यो । व्यवहार हेर्दा रास्वपाका कार्यकर्ता र यो सरकारका लागि ति मृत जीवनहरू केबल लास र संख्याहरू मात्र हुन् । तर, परिवारका लागि सबै थोक हुन् । आफन्त र हाम्रा लागि छोराछोरी हुन् मानव जीवन हुन् । हरेक राष्ट्रका लागि बलिया खम्बा हुन् ।

मित्र राष्ट्रका विशेषज्ञहरूलाई समयमा नै नेपाल आउन अनुमति दिेएको भए Headrace Tunnel घर वा नदीमा फसेकाहरूले ज्यान गुमाउन पर्ने थिएन । ७२ घण्टाभित्र जीवितै उद्धार अपरेशन गर्न सकिन्थ्यो । नजिकका मित्र राष्ट्रहरू भारत, चीन, बंगलादेश र श्रीलंकामा दक्ष प्राविधिकहरू थिए। जसले Headrace Tunnel अन्य ठाउँबाट फसेका मानिसहरूलाई जीवितै उद्धार गर्न सक्थे । उनीहरूसँग दक्ष जनशक्ति र प्रविधि दुबै थियो । आज आएर सरकारले हात उठाउनु भन्दा त्यही दिन भाद्र १० गते नै निजी क्षेत्र, जसले त्यो साईटमा आफ्नो परियोजना काम गरिरहेका छन्, उनीहरूलाई उद्धार गर्ने अनुमति दिएको भए ति कम्पनीहरूले आफ्नै विशेषज्ञ टिम बोलाएर आफ्ना कामदार/नागरीकहरूलाई जीवितै उद्वार गरी नागरिकको ज्यान बचाउने थिए। यस्तो अवस्था आउने नै थिएन। उहाँहरूको कुरै सुनिएन, वास्तै गरिएन। अनुमति त परको कुरा भयो।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सम्बद्ध संगठन र निकायले जे गर्नु सक्नुभयो, शतप्रतिशत गरेको हो। साधन श्रोतको जस्तै अभावमा उद्धार गरेको हो। निजामती प्रशासन र स्थानीयले गरेको प्रयासलाई कम आँक्न मिल्दैन । उहाँहरूको जति प्रशंसा गरे पनि पुग्दैन। तर राजनितीक नेतृत्व पुरै असफल र असक्षम सावित भयो । यतिसम्म कि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्नु त छैन, बागमती प्रदेशका मुख्यमन्त्री सहितको टिमले बाटो खोल्न अहोरात्र गरेको प्रयास, होल्टिङ सेन्टरका नागरिकलाई वितरण गरेको राहत, घाइते र मृतका परिवारलाई गरेको सहयोगमा उल्टै खिसीट्यूरी ? What the hell is going on ?

अझ लासको सामुहिक चिहान ?

WHO र ICRC को Protocols कि विपरीत हतार हतार एकै चिहान ? रास्वपा नेताहरू त अझ व्यक्तिको घरको फ्रिजमा हाल्न लास पठादेउ पो भन्छन् ? यही हो मानवता ? गैरआवासीय नेपाली संघले Corpse व्यवस्थापनको काम राज्यले हामीलाई जिम्मा दियोस्, शव र आफन्त पत्ता नलाग्दासम्म राख्न मिल्ने अस्थायी मर्चरी छोटो समयमा ठाउँ ठाउँमा बनाउन सक्छौँ भन्दै हुनुहुन्छ । त्यता पनि यो सरकार समन्वय गर्दैन । अब रास्वपाका स्वघोषित प्रवक्ताहरूले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार हो लासको सामूहिक चिहान गरेको भन्न आउनेछन् । उहाँहरूलाई एक पटक प्रोटोकल्स १, २, ३ … गर्दै सबै पढ्नुस् भन्छु । सुनेको कुराको पछि नलाग्नुस, सरकार र रास्वपाको आफ्नै प्रवक्ता छन। नबुझेको कुरामा जान्ने सुन्ने बनेर स्वघोषित प्रवक्ता बन्न नखोज्नुस् । आजसम्म गरेको झुटको खेतीप्रति जनतासँग माफी माग्नुस् । अन्त्यमा यो दुःखद समयमा जति पनि बेपत्ता सदस्यहरूको नेपाली र विदेशी परिवार हुनुहुन्छ, यहाँहरूसंग यो बेला माफी भन्नु बाहेक हामीसँग भन्ने शब्द नै छैन । यो Climate Injustice को विरूद्ध सामूहिक लडौं । संकटको यो बेला उद्दार, राहत र पुनःस्थापनाको लागि एकजुट भएर सँगसँगै काम गरौं । संकटको सामूहिक सामना गरौँ ।