काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तय गरेको गन्तव्यमा पुगेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकार सञ्चालनका क्रममा विभिन्न चुनौती र उतारचढाव आएपनि त्यसलाई सामना गर्दै गन्तव्यमा पुर्याउने बताएका हुन् । उनले उडान गन्तव्यमा नपुग्ला कि भनेर चिन्ता नगर्न आग्रह गरे ।
उनले भने, ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स आउन सक्छ । तर, हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौँ ।’
उनले अप्ठेरो परेमा त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप आफ्नो पाटीमा रहेको बताए । उनले सरकारले विस्तारै काम गरिरहेको भन्दै चार महिनामै परिणाम खोज्न नहुने बताए । सभापति लामिछानेले सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको बताए ।

प्रतिक्रिया