देउवा दम्पतीलाई पक्राउ गर्ने तयारी छ ? भन्ने पत्रकारको प्रश्नमा प्रहरी प्रवक्ताले दिए यस्तो जवाफ


काठमाडौँ । उपचारका लागि हङकङमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने खबर सार्वजनिक भएको छ ।

यसअघि सरकारले देउवा दम्पतीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्राचारसमेत गरेको थियो । तर इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्न अस्वीकार गर्यो । पछि सर्वोच्च अदालतले देउवा दम्पतीविरुद्ध जारी पक्राउ पुर्जी निष्क्रिय पार्न आदेश दियो । तर अहिले देउवा स्वदेश फर्किने भएपछि अब प्रहरीले पक्राउ गर्ला कि नगर्ला भन्दै कौतुहलता आममानिसमा छन् ।

यसै सन्दर्भमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रहरीले यही प्रश्न सोधे, ‘देउवा फर्किँदा पक्राउ गर्ने तयारी छ कि छैन ? तर पत्रकारको प्रश्नबाट प्रहरी प्रवक्ता अविनारायण काफ्लेले तर्किने प्रयास गरे । उनले यति भने, ‘हामी हेर्दैछौं, अझै केही दिन बाँकी नै छ ।’