काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले साहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहसहित कौशल केसी र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको थियो । साह आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया