काठमाडौँ । सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये गरिएको छनोट प्रक्रियापछि डा. आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा अघि बढाउन निर्देशन दिएकी छन् । उनले औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिका क्षेत्रमा परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया