काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार ३८०रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया