काठमाडौँ । रास्वपाका सांसद राजुनाथ पाण्डेले राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेनालगायत सबै राज्य संयन्त्रसँगको सहकार्य, आपसी सम्मान र समन्वयलाई आफ्नो प्रमुख प्राथमिकता बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गोकर्णेश्वर–४ स्थित मकालबारीमा बस स्ट्याण्डदेखि देशे जाने सडकअन्तर्गत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्ने उद्देश्यले पर्खाल हटाउने क्रममा नेपाली सेनाका एक अधिकारीसँग भएको बिबादका विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै सांसद पाण्डेले सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको स्पष्ट पारेका हुन् ।
‘नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का प्रत्येक चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रही अतुलनीय योगदान पुर्याउँदै आएको संस्था हो’, उनले भनेका छन्, ‘सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण तथा नागरिक संवेदनाप्रतिको सम्मानप्रति पूर्ण विश्वास व्यक्त गर्दछु ।’
उनले नेपाली सेनाको पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको समेत उल्लेख गरे ।
सडक विस्तारको कार्य काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको सांसद पाण्डेले उल्लेख गरेका छन् ।
हिजोको बोली
आजको विज्ञप्ति


प्रतिक्रिया