–सीमा आभास ।
कृष्णप्रसाद कोइरालाले आर्जेको जग्गा (कोइराला निवास) नातिनी र नातिका पालामा अंशबण्डा गरे । बिपीका छोराहरूको अंशमा आएको सो जग्गा बेचेपछिको पैसाले चिया, चुरोट र चाउचाउ खान केही महिनालाई पुग्यो होला । (किन कि विराटनगरमा त्यसबेला एकदमै सस्तो थियो जग्गा। अहिले पनि अरू महानगरपालिकामा भएका जग्गाका दामको तुलनामा विराटनगरमा सस्तो नै छ ।)
शेखरको भागमा परेको भाग अहिलेको कोइराला निवास हो । उहाँले कोइराला निवासको मुटु बोकेर बस्नु भएको छ । अब त्यहाँबाट लहरे पिपलको रूख, चार तारेझण्डा र नेपाली काङ्ग्रेस हटाइदैन भन्ने विश्वास छ ।
सुजाताको अंशमा परेको जग्गालाई पर्खाल लगाइवरी मजाले गन्धेझार उमारेर टेक्न नमिल्ने पार्नु भएको छ । केही जग्गा भाडामा लगाएर ‘गुजारा’ चलाउँदै हुनुहुन्छ । त्यसैले झल्काउँछ पूर्खाले प्रजातन्त्रको लागि गरेको त्याग उहाँले कसरी बुझ्नु भएको छ भनेर ।
‘कोइराला निवास’ को जग्गा अंश लगाई बेचेर खाएपछि विपीका सन्तानहरू जति ठूला भए पनि राजनीतिक रूपमा कृष्णप्रसाद कोइराला, विपी र कोइरालाहरूले प्रजातन्त्रको लागि गरेको योगदान र त्याग फिटिक्कै बुझ्दारहेनछन् भन्ने मलाई लागेको थियो ।
अब शंखपार्टीका अध्यक्ष बनेपछि काठका खराउ, एउटा पहेँलो झोली र कमण्डलु पनि दिनुपर्छ । पक्कै हिन्दूको मुद्दा त उठाउने नै छन् ।
अनि यी शंखवालालाई विपी, गणेशमान, शैलजा लगायतको फोटो राख्ने नैतिक अधिकार हुन्छ हुँदैन ?

प्रतिक्रिया