काठमाडौँ । विभिन्न सात राजनीतिक दलले अग्रगामी मोर्चा बनाउने भएका छन् । सोमबार प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूको छलफलपछि संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय भएको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाललगायतका दलहरूले संयुक्त रूपमा साउन २३ गते ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।
मोर्चाको घोषणा काठमाडौँको थापागाउँ, बानेश्वरस्थित काठमाडौं बैंकेटमा आयोजित कार्यक्रममा गरिने उनले बताए । छलफलमा शर्मा, यादव, राउतका साथै आम जनता पार्टीका अध्यक्ष प्रभु साह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी थिए ।

प्रतिक्रिया