धनकुटाको चौबिसेबाट ८०४ किलो गाँजा बरामद


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका ४ फलामेटारबाट ८०४ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

गाँजासहित धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ घर भई हाल चौबिसे गाउँपालिका ४ मा होटल सञ्चालन गर्दै आएका अन्दाजी ४० वर्षीय हरिप्रसाद ओझा र धनकुटाको चौबिसे गाउँपालिका ४ बस्ने ३४ वर्षीय आशिष विश्वकर्मा पक्राउ परेका प्रहरीले जनाएको छ ।

जनता आवासका लागि निर्माण गरिएको घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा राखिएको ८०४ किलो गाँजा बरामद भएको हो ।