जनकपुरधाम । सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा धनुषा र सिरहाबाट आठ जना पक्राउ परेका छन् ।
शुक्रबार प्रहरीले सिरहाबाट पाँच र धनुषाबाट तीनजनालाई पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको आरोप छ ।
मधेस प्रदेशमा हिंसात्मक गतिविधि रोक्न धनुषा, सप्तरी, सिरहामा कफ्र्यु लगाइएको छ भने पर्सामा निषेधाज्ञा छ ।

प्रतिक्रिया