काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवासँग छलफल थालेका छन् ।
सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन् । त्यस्तै सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग छलफल गरिरहेका छन् ।
उनले धार्मिक अगुवालाई सुनसरी, धनुषा, सिरहालगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपील गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया