एक हजारले घट्यो तोलामा सुन


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला  दुई लाख ८३ हजार दुई सय  र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको थियो ।

गत सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ४४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।