चितवन । लगातारको भारी वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालय चितवनले उक्त सडक हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सोमबार साँझ जारी गरेको सूचनाअनुसार सडक अवरुद्ध भएकाले काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) हुँदै काठमाडौंतर्फ आउने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरिएको छ ।
प्रशासनले यात्रुहरूलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, यात्रा गर्दा खानेपानी, ड्राइ फुड, प्राथमिक उपचारका औषधि, एक–दुई सेट कपडा र सम्भव भएसम्म मोबाइल चार्जर साथमा राख्न पनि आग्रह गरेको छ।


प्रतिक्रिया