काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार नियुक्तिपत्र दिएका हुन् ।
श्रेष्ठलाई खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो । यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य काउन्सिलका अध्यक्ष थिए । सरकारले अध्यादेश जारी गरेपछि उनी सहितका सबै पदाधिकारीहरू पदमुक्त भएका थिए ।

प्रतिक्रिया