काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बिहान घरमा आत्मदाहको प्रयास गरेका राउतको दिउँसो उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले राउतको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार उनको शरीर ५५ प्रतिशत जलेको थियो ।
गत बिहीबारदेखि तीन दिनको अवधिमा तीन जनाले आत्मदाहको प्रयास गरेका छन् । तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ भने एकजनाको अवस्था चिन्ताजनक छ ।
बिहीबार मुगुका गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको पनि अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया