बझाङमा जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु, १२ घाइते


बझाङ । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । शनिबार अपरान्ह भएको दुर्घटनामा चालकसहित १२ जना गम्भीर घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिकाबाट दुर्गाथली गाउँपालिकाको चुवावनतर्फ गइरहेको बलेरो जिप सुँगरे भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

घाइतेको उद्धारको लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलका लागि उडेको प्रतिनिधिसभा सदस्य ऐन महरले जानकारी दिएका छन् ।