विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले बुधबार चौथो पटक ५ दिन म्याद थप गरेको छ ।

विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार थप पाँच दिन म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि पौडेललाई अदालतमा पेस गरेको थियो ।