काठमाडौँ । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से ३० दशमलव ०९ अङ्कले घटेर २ हजार ६२१ दशमलव ५९ विन्दुमा झरेको छ ।
मंगलबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएपनि त्यसले कुनै प्रभाव पारे । आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत् समूहको उपसूचक १ दशमलव ७० प्रतिशतले ओरालो लागेको छ ।
आज २४७ वटा कम्पनीको शेयर घटेकोमा २५ वटाको बढेको छ । आज ३६२ वटा कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर ४ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया