७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले विभिन्न ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री साहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन् ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ ।

त्यस्तै पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो ।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार नियुक्त गरेका हुन् ।