त्रिविको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन साहले शुक्रबार त्रिविको उपकुलपतिमा थापालाई नियुक्त गरेका हुन् ।

यसअघि थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए । सिफारीस समितिले प्रा.डा. थापासहित प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो ।

उनले नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी ट्रन्डहाइमबाट विद्यावारिधि गरेका हुन्। उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि र ऊर्जा अनुसन्धानमा सक्रिय छन्।