काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सल्लाहकार र पिएको फौज खडा गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सामाजिक संजालमार्फत महासचिव पोखरेलले सुशासनको चर्का नारा लगाएर जनताको मत तान्न सफल भएका नयाँ भनिनेहरूले सत्तामा पुग्नेबित्तिकै सल्लाहकार र पीए (व्यक्तिगत सहायक) हरूको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लागेको बताएका हुन् ।
उनले भनेका छन्, ‘निर्वाचनका बेला ’मितव्ययिता र सुशासन’ को चर्को नारा लगाएर जनताको मत तान्न सफल भएका नयाँ भनिनेहरूले सत्तामा पुग्नेबित्तिकै सल्लाहकार र पीए (व्यक्तिगत सहायक) हरूको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ !’
उनले परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गर्ने आममतदाताले उनीहरुको यो व्यवहारवाट आज कस्तो महसुस गरिरहेका होलान् भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘राज्यकोषको दोहन रोक्ने वाचा गरेका र राज्यका निकायहरूलाई राजनीतिक प्रभाववाट मुक्त गर्छौ भन्नेहरुले नै आज हरेक मन्त्रालयमा समानान्तर शक्तिकेन्द्र खडा गर्न आफ्ना कार्यकर्ताको भर्ती गर्न व्यस्त छन् । परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गर्ने आममतदाताले उनीहरुको यो व्यवहारवाट आज कस्तो महसुस गरिरहेका होलान् ? आम जनताको भरोसामाथिको योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन सक्दछ । चुनावका समयको आफÞ्नो वाचातर्फ फर्क सरकार । स्वेच्छाचारी व्यवहारवाट जनतालाई निरास नवनाउ !’
सरकारले १७ मन्त्रीका लागि ५७ सल्लाहकार र १५३ जना स्वकीय सचिव नियुक्त गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया