सुन तोलाको दुई लाख ८३ हजार ५००


काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० ले घटेको छ भने चाँदी १०५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र एक तोला चाँदी रु चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।
त्यसैगरी, गत सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७३० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।