काठमाडौं । फिफा विश्वकप फुटबलको समूह चरणको दोस्रो खेलमा कुरासाओ र इक्वेडरबीचको खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
कानसास सिटी स्टेडियममा दुवै टिमले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न सकेनन् । अब अन्तिम खेलमा इक्वेडरले जर्मनी र कुरासाओले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
अर्को चरणमा पुग्ने आशा जीवित राख्न दुवै टोलीलाई अन्तिम खेल जित्नैपर्ने बाध्यता भएको छ । कुरासाओ पहिलोपटक विश्वकपमा सहभागी भएको हो । समूह ‘ई’बाट जर्मनी यसअघि नै नकआउट चरण पुगिसकेको छ ।

प्रतिक्रिया