काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो ।
डेनिस उन्डाभले ६८औँ मिनेटमा र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जर्मनीलाई महत्त्वपूर्ण जित दिलाए । यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ । आइभरी कोस्ट ३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया