सुशील बज्राचार्यलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

अध्यादेशमार्फत विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन साहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

अध्यादेश जारी गरी पदमुक्त गर्न लागेको भन्दै त्यसअघि नै त्रिविको उपकुलपतिबाट प्रा. डा.दीपक अर्याल र रेक्टर खड्ग केसी, रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका थिए ।

विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो । विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ ।