काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाँणलाई संगठित अपराध र ठगी मुद्दामा मतियारको रूपमा कसूरदार ठहर गरेको हो ।
त्यस्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे र गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई पनि अदालतले दोषी ठहर गरेको छ। त्यस्तै अदालतले केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई र गोविन्द चौधरीलाई पनि ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा दोषी ठहर गरेको छ।
त्यसैगरी भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई मतियारका रूपमा कसूरदार ठहर गरिएको छ । अदालतले पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्व गृहसचिव पाण्डेका सहयोगी रामशरण केसी, बादलका छोरा प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो। दोषी ठहर भएका खाण, रायमाझी, पाण्डेसहितका प्रतिवादीहरूलाई हुने सजायको मात्रा निर्धारणका लागि अदालतले असार २९ गतेको मिति तोकेको छ

प्रतिक्रिया