सुदनपछि कुलमानलाई पार्टीमा भित्राउने कसरतमा हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उज्यालो नेपाल पार्टीलाई आफ्नो पार्टीमा मिलाउने तयारीमा थालेका छन् । त्यसका लागि उनले केही दिनअघि कुलमान घिसिङसँग भेटवार्ता गरेका थिए । कुलमानसँग भेटवार्तापछि उनले पूर्वमन्त्री सुदन किराँतीसँग पनि भेटवार्ता गरेका थिए ।

किराँतीलाई भने उनले शुक्रबार पार्टीमा भित्राएका छन् । किराँतीलाई पार्टीमा भित्राएपछि हर्क उत्साहित भएका छन् । उनले अब कुलमानलाई पार्टीमा भित्राउने बताएका छन् । उनले भनेका छन्, ‘सुदनजीलाई श्रम संस्कृतिमा स्वागत गर्दा डाहागर्नेहरु कुलमानजीलाई ल्याएको दिन ढल्छन् होला डाहा र ईष्याले !’