काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गरेको छ । वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले डीएलएस नियमका आधारमा ६ रनले हराएको हो ।
वर्षाले प्रभावित खेलमा डीएलएस नियममा ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रनमात्र बनाउन सक्यो । यूएईका मुहम्मद शाहदादले ६५, खुजाइमा तनभीरले ४९ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८९ रन बनाएको थियो । लिग–२ शृङ्खलामा नेपालले यसअघिको खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग डीएलएस नियमका आधारमा १०२ रनले पराजित भएको थियो ।
जितसँगै नेपाल ८ वटा देश सहभागी लिग–टुमा २३ खेलमा १६ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । यूएई २३ खेलमा १२ अङ्कसहित पुछारमा र ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया