काठमाडौँ । दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे ।
चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौँ साङ्घाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा रुपेश जैश्वाल, आशिष फुयाँल र कृतिशरा अधिकारी सहभागी हुनेछन् । व्यवस्थापकमा ताराबहादुर रानाभाट छन् ।
त्यसैगरी, अप्रिल ६ देखि ११ तारिखसम्म काजाकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ दी फिडे आइएससिएफ वल्र्ड स्कुल टोली प्रतियोगितामा पाँच खेलाडी सहभागी हुनेछन् ।
खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् ।
व्यवस्थापकमा निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् । दुवै टोली आइतबार आ–आफ्नो गन्तब्य प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया