पार्टी अध्यक्षको रिहाइका लागि सबै जिल्ला प्रशासनमा एमालेको ज्ञापनपत्र


काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार मध्यान्ह देशभर प्रदर्शन गरी एमालेले प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौँमा पनि एमालेले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । यसअघि शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले आज देशैभरी रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्दे ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ ।