बलियो कानूनी आधार विनाको कदमका कारण ‘पहिलो एक्सन नै गलत’ सावित भयो भने…


काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले मुलक अब प्रतिशोध र प्रतिरोधको राजनीतिकबाट मुक्त हुनुपर्ने बताएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउको सन्दर्भ उल्लेख गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले ‘अहंकार र दम्भ’ जोसँग भएपनि हानिकारक नै हुने बताएकी छन् । उनले भनेकी छन्, ‘मुलुक अब ‘प्रतिशोध र प्रतिरोध’को भासवाट मुक्त हुन जरुरी छ । पाँच वर्षको म्याण्डेडसहित गठन भएको सरकारले यति हतासमा हैन, विधि सम्मत रुपमा चल्नुपथ्र्यो । बलियो जनमतसहित गठन भएको सरकारले आफ्ना हरेक कदममा कमसेकम कानूनी रुपमा प्रश्न उठ्ने ठाउँ दिनु हुँदैन थियो । सुझबुझपूर्ण कदमले नै आमनागरिकको विश्वास जित्न सकिन्छ ।‘नायक फिल्म’ को तरिकाले क्षणिक ‘वाहवाही’ त प्राप्त होला, तर यो कति समय टिक्छ ? कार्यालय खुलेपछि यसको असर के हुन्छ ? बलियो कानूनी आधार विनाको कदमका कारण ‘पहिलो एक्सन नै गलत’ सावित हुँदा सुशासनको आशामा रहेका मतदाता र आमनागरिकको सोचाइमा के छाप पर्ला ? सरकारले हरेक कदम सोचेर चलेकै राम्रो होला। कानून जाग्नुपर्छ, न्याय बाँच्नुपर्छ । ‘अहंकार र दम्भ’ जोसंग भए पनि हानिकारक नै हुन्छ । कानूनको सम्मान गर ।’