काठमाडौँबाट दोलखातर्फ उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन


काठमाडौँ । मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । काठमाडौंबाट दोलखातर्फ उडेको हेलिकप्टर मध्याह्नदेखि सम्पर्कविहीन भएको हो ।

मध्याह्न १२ः४५ बजेदेखि हेलिकप्टर सम्पर्कबिहीन भएको हो । क्याप्टेन सुरज थापासहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।