काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन साह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिएका छन् । शुक्रबार सामाजिक संजालमार्फत मोदीले बधाइ दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
सन्देशमा उनले साहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वप्रति राखेको विश्वास झल्काएको उल्लेख गरिएको छ । साथै, दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मैत्री तथा सहकार्यलाई अझ सुदृढ र उचाइमा पुर्याउन उनीसँग नजिकबाट काम गर्ने अपेक्षा व्यक्त गरिएको छ।

प्रतिक्रिया