सुकल्पको महाधिवेशनबाट रमेश सुवदी सर्वसम्मत कुलाधिपति निर्वाचित


विराटनगर । सुवेदी कल्याण प्रतिष्ठान(सुकल्प) को पाँचौँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक नगरी विराटनगरमा सम्पन्न भएको छ। महाधिवेशनले संस्थालाई नयाँ नेतृत्व प्रदान गर्दै आगामी कार्यदिशा तय गरेको छ ।

महाधिवेशनबाट रमेश सुवेदी सर्वसम्मत रूपमा केन्द्रीय कुलाधिपतिमा निर्वाचित भएका छन् । उनीसँगै सह–कुलाधिपतिमा दिनेश सुवेदी (मोरङ) चयन भएका छन् भने उप–कुलाधिपतिमा खुल्लातर्फ रामप्रसाद सुवेदी र महिलातर्फ इन्दिरा सुवेदी निर्वाचित भएका छन् ।

प्रदेशगत प्रतिनिधित्व सुनिश्चित गर्दै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उप–कुलाधिपतिहरू चयन गरिएको छ । कोशीबाट बाबुराम सुवेदी, मधेशबाट माधवप्रसाद सुवेदी, बागमतीबाट बेदबहादुर सुवेदी, गण्डकीबाट सीपी सुवेदी, लुम्बिनीबाट होमप्रकाश सुवेदी, कर्णालीबाट कमलापति सुवेदी तथा सुदूरपश्चिमबाट श्यामलाल सुवेदी निर्वाचित भएका छन् ।

त्यसैगरी कुल महासचिवमा खगेन्द्र सुवेदी चयन भएका छन् भने उप–महासचिवमा प्रेमहरी सुवेदी र दिनेशप्रसाद सुवेदी निर्वाचित भएका छन् । सचिव पदमा मुकुन्द सुवेदी, विनोद सुवेदी र गीता सिम्खडा सुवेददी चयन भएका छन् ।

आर्थिक व्यवस्थापनतर्फ कुल कोषाध्यक्षमा रामप्रसाद सुवेदी तथा सह–कोषाध्यक्षमा पार्वती सुवेदी निर्वाचित भएका छन् ।
महाधिवेशनले देशभरका विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा केन्द्रीय सदस्यहरू चयन गर्दै संस्थालाई व्यापक र सुदृढ बनाएको छ। कोशीदेखि सुदूरपश्चिमसम्मका प्रतिनिधिहरूको सहभागिताले सुकल्पको संगठनात्मक पहुँच र प्रभाव अझ विस्तार भएको संकेत गरेको छ।

नवनिर्वाचित कुलाधिपति रमेश सुवेदीले संस्थालाई अझ सशक्त, संगठित र समाजमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, सामाजिक उत्थान तथा आपसी सहकार्यमा केन्द्रित कार्यक्रमहरू अगाडि बढाइने बताए । उनले सबै पदाधिकारी र सदस्यहरूको सहकार्यबाट सुकल्पलाई राष्ट्रिय स्तरमा उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको स्पष्ट पारे ।

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थाको भावी रणनीति, संगठन विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्दै एकता, सहकार्य र सक्रियतामार्फत अघि बढ्ने संकल्प पनि व्यक्त गरेको छ।