दोहा । इरानले ब्यालिस्टिक क्षेप्यास्त्र कतारको अल–उदेदस्थित अमेरिकी सैन्य अखडामा प्रहार गरेको कतारको रक्षा मन्त्रालयले जनाएको छ। अमेरिका–इजरायल आक्रमणको प्रतिशोधस्वरूप तेहरानले खाडी क्षेत्रका विभिन्न लक्ष्यमा आक्रमण तीव्र बनाइरहेका बेला उक्त घटना भएको हो ।
कतारको रक्षा मन्त्रालयका अनुसार देशतर्फ प्रक्षेपित दुईमध्ये एक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले अवरोध गरेको थियो भने अर्को क्षेप्यास्त्र अल–उदेद कतारी अड्डाभित्र खसे पनि कुनै मानवीय क्षति भने भएको छैन ।
यसैबीच, कतारले इरानको रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित दुई जासुसी सञ्जाल भत्काएको जनाएको छ। बुधबार मध्यरातपछि सरकारी समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको विवरणअनुसार १० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ ।
एजेन्सीका अनुसार सात जनालाई देशका महत्वपूर्ण तथा सैन्य पूर्वाधारबारे सूचना संकलन गर्न र तीन जनालाई तोडफोडकारी गतिविधि सञ्चालन गर्न खटाइएको थियो। अनुसन्धानका क्रममा उनीहरूले रिभोलुसनरी गाड्र्ससँग सम्बन्ध रहेको र जासुसी तथा तोडफोडका गतिविधि सञ्चालन गर्न निर्देशन पाएको स्वीकार गरेको जनाइएको छ।

प्रतिक्रिया